+
Search

ताजा अपडेट +

पपुलर +

सिरहामा १३० किलो गाँजा सहितको कार दुर्घटना, प्रहरीको सेटिङ्गमा तस्कर फरार

4KNationalDaily
२०८१ मंसिर ३०, आईतवार १३:५९ बजे

सिरहा– सिरहामा दुर्घटनामा परेको कारबाट १३० किलो गाँजा बरामद भएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको धनगढीमाई नगपालिका १० जिरोमाईलमा दुर्घटनामा परेका कारबाट १ सय ३० किलो गाँजा बरामद भएको हो।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७५९१ नम्बरको ट्रकमा उत्तर तर्फको सहायक सडकबाट आइरहेको बा २८ च ९९६३ नम्बरको कार आपसमा ठोकिएर दुर्घटना भएको कारमा सो परिणामको गाँजा फेला परे पनि प्रहरीले आर्थिक बार्गेनिङ गरी गाँजा तस्करलाई भगाइदिएको स्थानीयहरूको आरोप छ।

कार ठोकिए लगतै कारभित्रबाट २३ जना मानिसहरू निस्केर भित्रबाट पोकाहरू झिक्दै सीटी रिक्सामा हालेर भाग्नु र प्रहरीले देखेर पनि नदेखे झैँ गर्नुले पनि आर्थिक सेटिङ्ग रहेको पुष्टि गर्छ।

प्रहरीले ट्रक र कार नियन्त्रणमा लिएको भए पनि त्यसमा रहेका मानिसहरूका बारेमा केही बताउन चाहेनन् । एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको भनिए पनि उनी ट्रकका चालक हुन या कारका भन्ने खुलेको छैन।

यता जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी वीरेन्द्र कुमार पासवानले दुर्घटनामा परेको कारमा गाँजा बरामद गरिएको भए पनि सबै विवरण आउन बाकी रहेको बताए। उनले भने, ‘घटना स्थलमा मातहतका प्रहरीले काम गरिरहेको छ। सबै विवरणहरू आई पुगेको छैन। विवरण आई पुग्ने बित्तिकै तपाईँहरूलाई जानकारी भई हाल्छ´ भन्दै पन्छिएका छन्।

भारतको बिहारमा मदिरा बन्द गर्नुको कारण भारतीय बजारमा गाँजाको माग बढेकोले नेपालबाट प्रतिबन्धित लागु औषध गाँजा प्रहरीकै मिलेमतोमा व्यापक तस्करी भइरहेको स्थानीयहरूको भनाइ छ।

धनगढीको उत्तरी क्षेत्रमा गाँजा संकलन गरी जिरोमाईल बडियारपट्टी हुँदै भारतीय बजार सम्म जाने गरेको स्थानीयहरू बताउँछन्। प्रहरीकै मिलेमतोमा यस क्षेत्रबाट गाँजा तस्करी हुने गरेको स्थानीहरूको आरोप छ।

कारमा रहेको पाँच बटा कालो प्लास्टिकमा गाँजा रहेको प्रहरीले पुष्टि गरेको छ। ती पोकाहरूमा २१, वटा पोकाहरूमा २८, २६, २७ र २८ गरी १ सय ३० केजी गाँजा रहेको प्रहरीले जनाएको छ।

अहिलेको घटनामा पनि प्रहरीले ढाकछोप गर्ने प्रयास गरेको स्थानीयले आरोप लगाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily