काठमाडौं– बुधबार सुनचाँदीको भाउ सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको हो ।
चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । आज १८०० रुपैयाँमा झरेको छ । अघिल्लो दिन प्रतितोला १८०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घट्दा यसको प्रभाव स्थानीय बजारमा देखिएको छ। बुधबार सुन घटेर प्रतिऔंस २६१६.४५ डलर छ।
चाँदी प्रतिऔंस २९.६२ डलरले करोबार भइरहेको छ। मंगलबार सुन प्रति औंस २६२०.४२ डलर र चाँदी २९.७७ डलर थियो।
प्रतिक्रिया