+
Search

ताजा अपडेट +

पपुलर +

महानगर प्रहरीले हटायो साेनु निगमको कन्सर्ट ग्राउन्डमा राखिएको मदिराजन्य विज्ञापन बोर्ड

4KNationalDaily
२०८१ पुष १०, बुधबार २०:३५ बजे

काठमाडौं– काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध ह्यात ग्राउन्डमा आयोजना हुन लागेको कन्सर्टमा राखिएका मदिराजन्य विज्ञापन बोर्ड महानगर प्रहरीले हटाएको छ ।

महानगरपालिकाका अनुसार अनधिकृत रुपमा राखिएका १ सय ५० वटा मदिराजन्य विज्ञापन बोर्ड हटाइएको हो ।

यही कन्सर्टमा सहभागी हुन भारतीय गायक सोनु निगम पनि काठमाडौं आएका छन् । निगमले पनि कन्सर्टमा प्रस्तुती दिँदैछन् ।

महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर यी बोर्डहरू हटाइएको जनाइएको छ ।

मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अन्तर्गत यो बोर्डहरू हटाइएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily