+
Search

ताजा अपडेट +

पपुलर +

हिजो बढेको सुनको भाउ आज थप बढ्यो, चाँदी पनि महँगियो

4KNationalDaily
२०८१ पुष १२, शुक्रबार ११:५७ बजे

काठमाडौं- आज सुनचाँदीकै मूल्य बढेको छ। बिहीबार ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला चारसय रुपैयाँ बढेको हो।

हिजो सुनको मूल्य प्रतितोला एक लाख ५० हजार तीनसय रुपैयाँ थियो।

आज सुनको मूल्य एक लाख ५० हजार सातसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ।

चाँदीको मूल्य आज एक हजार आठसय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार आठसय रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दैनिक बढ्दै गएको छ। शुक्रवार पनि सुन बढेर प्रतिऔंस २६३३.६१ डलर छ।

चाँदी प्रतिऔंस २९.८१ डलरमा करोबार भइरहेको छ। बिहीवार सुन प्रतिऔंस २६२६.३७ डलर र चाँदी प्रतिऔंस २९.६१ डलर थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily