+
Search

ताजा अपडेट +

पपुलर +

एभरेष्ट बैंककाे शाखा फिदिम र फुङलिङमा, बैंकको शाखा १३१ पुग्यो

4KNationalDaily
२०८१ पुष १२, शुक्रबार १३:१७ बजे

काठमाडाैं– एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा थप दुई ओटा शाखा विस्तार गरेको छ ।

बैंकले उक्त क्षेत्रका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका दुई ओटा शाखा शुभारम्भ गरेको हो ।

बैंकले पुस बिहीबार फिदिम नगरपालिका वडा नं. १, पाँचथरमा १३०औँ शाखा र शुक्रवार फुङलिङ नगरपालिका वडा नं. ४, ताप्लेजुङमा १३१औँ शाखाको शुभारम्भ गरेको जनाएको छ ।

यी दुई शाखाको सञ्चालन पश्चात् कोशी प्रदेशमा बैंकको शाखा सङ्ख्या २० पुगेको छ ।

यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालहरूमार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहकहरूलाई सहज हुने विश्वास बैंकले लिएको छ ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् ।

देशैभरी छरिएर रहेको आफ्नो १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू, १६७ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले सरकारको राजस्व संलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily