काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसम मापन भएको छ । बुधबारको तुलनामा आज काठमाडौंको न्यूनतम तापक्रम केही घटेको छ ।
बुधबार ५.७ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो । एक साता अवधिमा काठमाडौंको न्यूनतम तापक्रममा त्यति धेरै घटेको वा बढेको देखिँदैन ।
मंगलबार ५.४ डिग्री सेल्सियस मापन भएको थियो । त्यसअघि सोमबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको थियो । आइतबार ६.७ डिग्री सेल्सियस, शनिबार ५.८ डिग्री सेल्सियस, शुक्रबार ४ डिग्री, बिहीबार ४.५ डिग्री सेल्सियसम मापन भएको थियो ।
विगत तीन दिनदेखि तराई मधेस क्षेत्रका अधिकांश भूभागमा हुस्सु, कुहिरो र शितलहर चलिरहेको छ। जसको कारण तराई मधेस क्षेत्रको जनजीवन प्रभावित भएको छ।
महाशाखाका अनुसार देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि पानी पर्ने सम्भावना भने कतै देखिएको छैन।
प्रतिक्रिया