+
Search

ताजा अपडेट +

पपुलर +

शाइन रेसुंगा बैंकले ३ प्रतिशत बोनस शेयर दिने

4KNationalDaily
२०८१ पुष २०, शनिबार १३:४५ बजे

काठमाडाैं– शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

रुपन्देहीको मणिग्राममा सम्पन्न साधारण सभाले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

८ अर्ब अधिकृत पुँजी तथा जारी र चुक्ता पुँजी समान ४ अर्ब ७३ करोड ३६ लाख रहेकोमा बोनस शेयर वितरण पश्चात् चुक्ता पुँजी ४ अर्ब ८७ करोड पुग्ने छ ।

साधारण सभाले संस्थापक सेयर धनीबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती र वीरेन्द्र भुसाल तथा सर्वसाधारण सेयर धनीबाट वीरेन्द्र विष्ट,नम्रता भण्डारी र डा. हिमाल भट्टराईलाई सञ्चालक निर्वाचित गरेको थियो । स्वतन्त्र सञ्चालकमा प्राध्यापक गोपाल पाण्डे यसअघि नै निर्वाचित भएका थिए ।

सभापश्चात् बसेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेललाई निर्वाचित गरेको कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

सञ्चालक समितिमा डा. हिमाल भट्टराई र वीरेन्द्र भुसाल नयाँ हुन् भने बाँकी यसअघिकै सञ्चालक समितिमा रहेका हुन् ।

नवनिर्वाचित अध्यक्ष पौडेलले बैंकले सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुँच बढाउने उद्देश्यले बैंकले पहाडी जिल्लामा प्राथमिकताका साथ शाखाहरू विस्तार गरेको र डिजिटल बैकिङलाई थप प्राथमिकता दिएर अगाडि बढ्ने बताए । बुटवलमा केन्द्रीय कार्यालय भएको शाइन रेसुंगा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैक हो ।

बैंकका ८८ वटा शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर, १६ वटा एटीएम मेशिन सञ्चालनमा छन् । ७ लाख ५ हजार ५८ जना बचतकर्ता रहेको बैंकले १७ हजार १३५ जनालाई विभिन्न प्रकृतिका कर्जा प्रवाह गरेको छ ।

बैंकमा ७३८ जना कर्मचारी कार्यरत छन् । बैंकको पछिल्लो वित्तीय विवरण अनुसार कूल निक्षेप ६७ अर्ब १७ करोड,९५ लाख,कर्जा तथा सापट ५५ अर्ब ९२ करोड १० लाख र प्रति शेयर आम्दानी १४.४८ रहेको छ । बैंकको पुजीकोष अनुपात १२.५६ प्रतिशत छ ।

बैंकले गत वर्ष इमर्जिङ एसिया बैकिंङ अवार्ड अन्तर्गत नेपालबाट वेस्ट बैंक सहित तीनवटा उपाधि र नेपालमा दुई पटक वेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily