काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । केही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।
केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।
नेपालको उत्तरपूर्व सीमा नजिकै चीनको डिङ्गयी काउन्टी केन्द्र भएर ७ रेक्टर स्केलको भूकम्प गएको छ।नेपालको ताप्लेजुङ,संखुवासभा,सोलुखुम्बु,दोलखा,सिन्धुपाल्चोक, रसुवा,उत्तरी धादिङमा असर पारेको हुन सक्छ। जिप्रकाहरूबाट सूचना सङ्कलन भैरहेको छ।
तपाईको तिर कस्तो अवस्था छ?जानकारी गराउनुहोला।— NDRRMA (@NDRRMA_Nepal) January 7, 2025
प्रतिक्रिया