+
Search

ताजा अपडेट +

पपुलर +

चीनमा ६.९ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प, कम्पनले नेपाल र भारतसम्म हल्लियो

4KNationalDaily
२०८१ पुष २३, मंगलवार ०८:१३ बजे

काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार बिहान ६ बजेर ५० मिनेटमा त्यस क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए । उनका अनुसार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।

भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको बताए । यससँग नजिकका नेपालका जिल्ला ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा र दोलखा रहेका छन् ।

ती जिल्लामा भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण स‌ंकलनको काम गरिरहेका छन् ।

मंगलबार बिहान काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा पनि भुकम्पको धक्का महसुस भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily