काठमाडौं– नेपाली बजारमा आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ४०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ५५ हजार रुपैयाँ कायम रहेको थियो ।
चाँदीको मूल्य बुधबार तोलामा १० रुपैयाँ बढेर प्रति तोला १ हजार ८३० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी तोलामा ४० रुपैयाँले घट्दै कारोबार मूल्य प्रति तोला १ हजार ८२० रुपैयाँमा आइपुगेको थियो।
आइतबार चाँदी तोलाको १ हजार ८ सय ६० रुपैयाँ थियो। सोमबार उक्त मूल्यमा स्थिर रहेर कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर बुधबार प्रति औंस २६७५.३८ डलर भएको छ। चाँदी प्रति औंस २९.७५ डलर छ।मंगलबार सुन प्रति औंस २६७०.९२ डलर र चाँदी प्रति औंस २९.६३ डलर थियो।
प्रतिक्रिया