+
Search

ताजा अपडेट +

पपुलर +

आज सुनको मूल्य सामान्य घट्यो, कतिमा हुदैंछ काराेबार ?

4KNationalDaily
२०८१ माघ ७, सोमबार ११:२५ बजे

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य ओरालो लागेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार १०० रुपैयाँ रहेको थियो ।

यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ ।

सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily