+
Search

ताजा अपडेट +

पपुलर +

हिजो घटेको सुनको मूल्य आज बढ्यो, चाँदी पनि महँगियो

4KNationalDaily
२०८१ माघ ८, मंगलवार ११:०० बजे

काठमाडौं– मंगलबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५८ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १८७५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily