+
Search

ताजा अपडेट +

पपुलर +

हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन् भए त्यो समितिले हेर्नुपर्छ: सोविता गौतम

4KNationalDaily
२०८१ माघ १५, मंगलवार १९:०७ बजे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद सोविता गौतमले कुनै पनि व्यक्तिलाई हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन हुन नहुने बताएकी छन् ।

मंगलबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भएको समेत समितिले हेर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्,‘कुनै पनि व्यक्तिलाई हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन हुन नपर्ने हो । तर यो समितिले पनि व्यक्तिलाई हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भयो की भएन हेर्न जरुरी छ । साथै यो विषय कानुन, न्याय तथा मानव अधिकार समितिको क्षेत्राधिकार भएकाले चर्चा गर्नुपर्ने आवश्यक छ । पछिल्लो समय आम नागरिकहरूमाथि जसले प्रश्न गर्छ त्यसलाई राज्यले पक्राउन गर्ने, अनुसन्धानको नाममा थुनामा राख्ने गरेको पाइन्छ यसमा पनि समितिको ध्यान जान जरुरी छ ।’

साथै उनले पछिल्लो समय मानव अधिकारको गम्भीर उल्ङ्घनबारे समेत समितिलाई ध्यानाकर्षण गराइन् । उनले तीन वर्ष भन्दा कम सजाय हुने कसुरमा थुन्ने र त्यसपछि मात्र अभियोजन हुने काम हुँदा मानव अधिकारको गम्भीर उल्ङ्घन भएको बताइन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily