+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली समाजले आवश्यकता अनुसार प्रगति गर्न सकेन : नारायणकाजी श्रेष्ठ

4KNationalDaily
२०८१ माघ २६, शनिबार १९:५९ बजे

पाल्पा– माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक, आर्थिक रूपान्तरणको क्षेत्रमा नेपाली समाजले आवश्यकता अनुसारको काम गर्न नसकेको बताएका छन् ।

शनिवार पाल्पाकाे एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही पनि भएको छैन भन्ने होइन, निश्चित रूपमा प्रगति भए पनि जति हुनुपर्ने त्यति नभएको बताए ।

उनले भने, ‘सामाजिक, आर्थिक रूपान्तरणको क्षेत्रमा, विकास र समृद्धिको क्षेत्रमा, जति फड्को मार्नुपर्ने हो त्यति नेपाली समाजले मार्न सकेको छैन । केही पनि भएको छैन भन्ने होइन, निश्चित रूपमा प्रगति भएका छन्, सुधार भएका छन् । तर यति धेरै राजनीतिक परिवर्तन भयो, हजार सहिदको बलिदानको मूल्यमा र जनताको यति ठुलो संघर्षको परिणाम स्वरूप ठुलो राजनीतिक परिवर्तन भयो, राजनीतिक परिवर्तनले दिएको अधिकारहरू उपभोग गर्न त पायौँ, तर जति हुनुपर्ने भएको छैन ।’

उनले देश र जनताको पक्षमा काम गर्न, सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियालाई अगाडि बढाउन र समाजवादको आधार तयार पार्न सरकार र सदनमा भूमिका खेल्ने बताए ।

उनले भने, ‘हामी सरकारमा जान चाहन्छौ, देश र जनताको पक्षमा काम गर्न, सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियालाई अगाडि बढाउन र समाजवादको आधार तयार पार्न र हामी सदनमा पनि यसैको लागि भूमिका खेल्न चाहन्छौ । हामी सबै ठाउँमा देश र जनताको पक्षमा काम गर्नको लागि जान चाहन्छौँ । जनतासँगै जोडिएर जागरण अभियान, जनदबाब र जनसंघर्ष पनि अगाडि बढाउन चाहन्छौ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily