+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रिपरिषद् बैठक निर्णय

सरकारले तोक्यो चैते धानको न्यूनतम समर्थन मूल्य, कति?

4KNationalDaily
२०८१ फाल्गुन २३, शुक्रबार १५:२५ बजे

काठमाडौं- सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको हो।

यसअनुसार चालू आर्थिक वर्षका लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ८ सय ६९ पैसा न्यूनतम समर्थन मूल्य तोकिएको छ।

त्यसैगरी १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily