+
Search

ताजा अपडेट +

पपुलर +

सुन तोलामा ४०० र चाँदी ५ रुपैयाँले घट्यो, कारोबार मूल्य कति?

पालिका लाइभ
२०८१ चैत्र ३, आईतवार ११:२५ बजे

काठमाडौं– साताको पहिलो दिन सुनचाँदीको भाउ घटेको छ। आइतबार सुन तोलामा ४ सय र चाँदी ५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ७४ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

शुक्रबार सुन एकै दिन तोलामा ४ हजार रुपैयाँ बढेर प्रति तोला १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो। गत बुधबार प्रति तोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य आइतबार प्रति तोला २ हजार ४५ रुपैयाँ कायम छ। शुक्रबार चाँदी तोलामा ५० रुपैयाँ बढेर प्रति तोला २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस २९८६.६५ डलर छ। चाँदी प्रति औंस ३३.७६ डलर कायम छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ