+
Search

ताजा अपडेट +

पपुलर +

माधवजी २०२९ साल देखिको मित्र हो, याे सरकार पाँच वर्ष चल्छ : प्रधानमन्त्री अाेली

4KNationalDaily
२०७५ आश्विन १८, बिहीबार २३:४१ बजे

काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अबको पाँच वर्ष चल्ने बताएका छन् । संयुक्त राष्ट्र संघको ७३ औं महासभामा सहभागी भएर फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सत्ताको नेतृत्वकर्ता दलकै शीर्ष नेताले सरकारका कामको आलोचना गरेको र सरकार नै संकटमा परेको भन्दै आलोचना भएकोप्रति पत्रकारले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले ढुक्क हुन आग्रह गरेका हुन् ।

‘तपाईंहरुले सरकारको गति र लक्षण देख्नु भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार पाँच वर्ष चल्छ । पाँच वर्षमा चुनाव गराएर यो भन्दा बलियो भएर आउँछ । अलि बलियो भएर आउँछ । अब धेरै कुरा नगरौँ ।’

प्रधानमन्त्री ओलीले पात हल्लियो भनेर त्यसका पछाडि नदौडिनसमेत आग्रह गरे । ‘पात हल्लियो भने त्यसका पछि दौडिनु भएन’, ओलीले भने, ‘आजकाल मुद्दा भन्ने चलन छ । तर, मुद्दाहिनताको कुरा मात्र देखिन्छ । त्यो राजनीति होइन ।’

प्रधानमन्त्री ओलीले सरकारले छोटो समयमा विकास निर्माणका कामलाई अगाडि बढाएको दाबी गरे । बजेट निकास भएको दुई महिनामै विकास भएन भन्नु गलत भएको उनको भनाइ छ ।

‘विकास निर्माणका काम अगाडि बढेका छन् । अहिलेको बजेटले साउन र भदौमात्र काम गरेको छ । बजेट निकासा भएको दुई महिनामै नेपाल गरिब भएको होइन’, प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘के नेपाल गरिब यो सात महिनामा भएको हो ? नेपालका बाटा सात महिनामा पिच नभएका हुन् ?’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily