काठमाडौ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको कारोबार भाउ स्थिर रहेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा कायम गरिएको छ । यसअघि आइतबार पनि यसको सोही मूल्यमा खरिदबिक्री भएको थियो ।
आज युरोपियन युरो एकको खरिदमूल्य १४८ रुपैयाँ ४५ पैसा र बिक्री मूल्य १४९ रुपैयाँ १० पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा युरोभाउ ३५ पैसाले घटेको छ । आइतबार यसको खरिदमूल्य १४८ रुपैयाँ ८० पैसा र बिक्री मूल्य १४९ रुपैयाँ ४५ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ११ कायम गरिएको छ ।
यता, अस्ट्रेलियन डलर एकको खरिददर भने ८६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४५ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रुपैयाँ १९ पैसा कायम हुँदा बिक्री दर भने ९ रुपैयाँ २३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ९३ पैसा तथा बिक्री दर १९ रुपैयाँ ०२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रुपैयाँ १९ पैसा तथा बिक्री दर ९ रुपैयाँ २३ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य ३७ रुपैयाँ ८२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ७५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ २९ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २३ पैसा र बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया