+
Search

ताजा अपडेट +

पपुलर +

प्रशासकीय अधिकृत गुरागाईंलाई भ्रष्टाचारी संज्ञा

प्रमाण सार्वजनिक गर्दै बालेनको चुनौति– गलत भए मलाई जेल हाल

पालिका लाइभ
२०८१ चैत्र १२, मंगलवार ११:१२ बजे

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूलाई जेल हाल्न सरकारलाई चुनौति दिएका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध राय प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो चुनौति दिएका हुन् ।

फेसबुकमा बालेनले स्टाटस लेख्दै गुरागाईंलाई भ्रष्टाचारी संज्ञा दिएका छन् ।

उनले लेखेका छन्, ‘यति धेरै कानून मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने? माथिको कुरा गलत भए मलाई जेल हाल ।’

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानविन गर्न बालेनले छानविन समिति बनाएका थिए । उक्त समितिले काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईंले गल्ति गरेको प्रतिवेदन तयार गर्यो । सोही प्रतिवेदन उनले आज फेसबुकमा हालेका हुन् ।

बालेनले सार्वजनिक गरेको प्रतिवेदनमा प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत भएको नक्शालाई निस्क्रिय गर्ने काठमाडौं महानगरको निर्णयलाई निरन्तरता दिन सुझाव दिइएको छ ।

उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ