काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् ।
थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’
मतको अन्तिम परिणाम भने सार्वजनिक हुन बाँकी छ । शनिबार अबेर रातिसम्म भएको मतदानमा ३ हजार ८ सय ७३ मत खसेको थियो । आइतबार बिहान ३ बजेबाट मत गणना शुरु भएको थियो ।
कमल थापाद्वारा पराजय स्वीकार, निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप
अध्यक्ष पदका प्रत्याशी थापाले हार स्वीकार गरेका छन् । जारी मतगणनामा लिङदेनको जित निश्चित भएसँगै सामाजिक सञ्जालमा स्टाटस लेखेर थापाले बधाइ दिएका हुन् ।
फेसबुकमा उनले निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गरेको बताएका छन् । तर, निर्वाचनमा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप उनले लगाएका छन् ।
थापाले भनेका छन्, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना।’
प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना।
प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।— Kamal Thapa (@KTnepal) December 5, 2021
प्रतिक्रिया